इपिएलमा सुखद नतिजा निकाल्न सफल पोखरा राइनोज

8.9k Shares

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (इपिएल) मा डिफेन्डिङ च्याम्पियन ललिपुर प्याट्रिओट्समाथि पोखरा राइनोजले सानदार जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा मंगलबार बिहान भएको खेलमा पोखराले ललितपुरलाई ९ विकेटले पारजित गरेको हो। 

मौसमको खराबीका कारण ७ ओभरमा घटाइएको खेलमा पोक्गराले टस जितेर फिल्डिङ रोजेको थियो। उसका नन्दन यादवले ललितपुरको तीन विकेट गिराए।

त्यस्तै, विक्रम सोबले २ र केसरिक विलियम्सले एक विलेट लिए। यसक्रममा ललितपुरका दन्दुम वेराकोडीले १९ र नारायन जोशीले ११ रन बनाए। ललितपुरले निर्धारित पूरा ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो।

जवाफी ब्याटिङमा रिचार्ड लेभी ३८ रन सहयोगमा एक विकेट गुमाउँदै पोखराले तीन बल बाँकी राखेर ५५ रन बनाएर लक्ष्य पूरा गर्‍यो।

यससँगै पोखराले ३ अंक बनाएको छ। ललितपुर अंकविहीन छ। खेलमा म्यान अफ द म्याच नन्दन यादव भए।

ताजा अपडेट
सम्बन्धित समाचार