जोगवनीबाट समान ल्याउॅदा रानीमा कार्यरत प्रहरीहरु सय र हजारमै बिक्छन

7.5k Shares

विराटनगर:  इलाका प्रहरी कार्यलय रानीमा कार्यरत प्रहरीहरु जोगवनि बजारबाट समान खरिद गरि ५ सय  र १ हजार घुस लिने  गरेको खुलेको छ ।


गत २१ गते बुधबारको दिन विराटनगर महानगरपालिका  वार्ड नम्बर १५ रानी बस् स्टेण्ड अगाडि रहेको बनारसी बिरयानी ,राज होटल एण्ड सुप्रीम गेस्ट हाउस,होटलमा धरान उप-महानगरपालिका- १० कि पुनम नाम गरेकि महिलाले भारतको जिल्ला अररिया प्रखण्ड फार्विसगन्ज पञ्चायत जोगबनीको बाजार बाट किरानाका खाद्यान्य समान काजु मिश्रि ,किसमिस नाकाबाट भित्राउॅदा जब नेपाल प्रहरीका बरिष्ठ हवल्दारले घुस वापत होटलमा पुगि एक महिलासॅग ५ सय लिएको  सिसिटिभि फुटेजमा देखिन्छ। प्रहरी तामाङ थरको रहेको स्रोतको भनाई छ। 

यो कुनै एक जना व्यक्तिको मात्र दोष हैन् भनिन्छ “ घुस लिने दिने दुवै दोषी हुन्।” यहॅा घुस दिने नागरिकको पनि दोष छ भने घुस दिएको खन्डमा प्रहरीलाई प्रलोभव देखाएको भन्दै मुद्दा चलाउन मिल्ने कानुनि व्यवस्था छ।तर, सिमा नाकाका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु सय हजार घुसका लागि किन मरिहत्ते गर्छन्? के यो लोभ हो कि , लाचरपन हो ? के प्रहरीको लागि रु ५ सय जीवन मरणको व्यापार नै हो त ? के राज्यले दिएको तलब सुविधाले प्रहरीलाई जीवनयापनमा सकस नै परेको हो । के ति प्रहरीलाई घरमा आमालाई औषधी किन्न रकम नपुगेकै हो त? 

स्रोतका अनुसार उनी यस्ता कयौ सॅग घुस लिने गरेका छन्। यो लोभ होकि लालचपन हो ? के प्रहरीको लागि रु ५ सय जीवन मरणको व्यापार नै हो त ? के राज्यले दिएको तलब सुविधाले प्रहरीलाई जीवनसावनमा सकस हो । 

सिमा नाका कार्यरत प्रहरीलाई हेर्ने नजर दिन प्रतिदिन नकरात्मक बन्दै गईरहेको छ । भने नयॅा गृहमन्त्रि रबि लामिछानेले मन्त्रालय समालेपछि गृह सुधार भएको केही प्रहरी बताउॅदै आएका छन्। तर, अहिलेको जमानामा पनि प्रहरीकै सेटिङमा तस्कर हुने कुरा नौलौ नहोला तर, प्रहरीले ५ सय र १ हजारमा तस्कर गर्नु दिनु भने राम्रो त हैन्।

इप्रका रानी चौकि भन्सार बाट खटिएका ड्युटि कमान्डर प्रसनि नवराज कार्कीको कमाण्डको ॲाखा छलेर वरिष्ट हल्दार प्रेम बहादुर तामाङले होटल भित्र गएर आफ्नो पैसा संकलन गरिएको एक दृश्यमा पाइएको छ।दृश्यमा धरान उप महानगरपालिका बसाई गर्दै गरेकी पुनमले ५०० दिएको प्रष्ट देखिन्छ।एक श्रोतको अनुशार प्रसनि नवराज कार्की भन्सारमा नयाँ मान्छेलाई चिन्न नसकेकोको कारणले प्रसनि नवराज कार्कीले वरिष्ट हल्दारलाई अनुभवी भएको कारणले पैसा संकलन गर्ने गराउने कार्यमा संलग्न गराएको खुलेको छ। यसबारे सोध्दा कार्किले भने आफू बोडरमा नयॅा भएको आफूलाई थाहा नभएको बताए। यस बिषयमा कोशि प्रदेशका डिआइजि चन्द्र खापुङलाई यसबारे कुरा गर्दा आफूले पटक पटक रकममा नबिक्न कर्तब्यनिष्ट हुन निर्देशन गरेको हॅुदा यस बिषयमा  थप बुझि प्रहरीक दर्जा पत्ता लगाई कारबाही गर्ने खापुङको भनाई छ। इलाका प्रहरी कार्यलय रानिका इन्पेक्टर आफू बिदामा रहेको र घुस लिने प्रहरीलाई  बिभागिय कारबाही गर्ने समेत बताए। 


प्रहरीकै सेटिङमा ति महिलाका समान किराना खाद्यान्न समानमा जस्तै नेपाली बजारमा पर्ने काजु प्रती के.जि रु१२०० को नेपालमा पर्ने रु१६००ले १५ टिन एक टिनमा १० के जि को दर ले १५० के जि सम्म,नेपाली बजारमा पर्ने मिश्री प्रती किलो रु ५०० पर्ने ५० किलो किस्मिस  रु १००० प्रती किलो पर्ने १०० किलो,नरिवल प्रती के जी ३० के.जीको २०-२५ बोरा,चीनी भारतमा रु ५५ पर्ने नेपालमा रु ८० पर्ने प्रतेक बोराको तौल ५० के.जीको १०-१५ बोरा १० देखि ५-८ कुन्टल,हरियो मटर प्रतेक बोरा ३० के जीको २०-२५ बोरा जम्मा १५०-२०० के.जी, साना बच्चाले खाने जेली जुस रु १२०० कार्टुन पर्ने १० बट्टाको १०-१५० बट्टा, क्रीमफिल्ज़ भन्ने चकलेट रु १५०० कार्टुन १२ बट्टाको कार्टुन चकलेट जम्मा २०० बट्टा सम्म भारत बाट नेपाल ल्याउनलाई भन्सार कार्यालयका सुब्बा देखि शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई पैसाको प्रलोभनमा पारी उक्त समान तासिमा थोक गरी २-३ ट्रिप गरी विराटनगर स्थित रहेको धरान बसपार्क नजिक थोक गरी आफ्नो गन्तव्य सम्म पुर्याउने गरेको छ।

ताजा अपडेट
सम्बन्धित समाचार