बिसिसिआई सँग चोप्डाको अनुरोधः नेपाली क्रिकेट टिमको जिम्मा लिनुस

2.4k Shares

काठमाडौंः भारतका पुर्व क्रिकेटर तथा प्रसिद्ध कमेन्टेटर आकाश चोप्डाले नेपाली क्रिकेट टिमलाई अगाडि बढाउन बिसिसिआई सँग अनुरोध गरेको छ । 

उनले बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया सँग नेपाली टिमलाई आफ्नो सम्झेर सहयोग गर्न अनुरोध गरेका छन् ।
भारतले आफ्नो असल छिमेकी तथा मित्र राष्ट्र नेपाली टिमलाई सहयोग गनुपर्ने उनले बताएका छन्  ।  

 उनले सम्भावना बोकेको नेपाली टिमलाई राम्रो सहयोग गरे भारतले पनि नेपाली टिमबाट राम्रो सहयोग पाउने बताएका छन् । 
उनले युट्युबमा एक भिडियो सामाग्री पोष्ट गर्दैे यस्तो अनुरोध गरेका हुन । 

उनले पोष्ट गरेको यो भिडियो आज हुने नेपाल भारतको खेललाई ध्यानमा राखेर बनाइएको हो । 

ताजा अपडेट
सम्बन्धित समाचार