खेल क्षेत्रको प्रतिफल सोचेजस्तो नहुने  अध्यक्ष ओलीको भनाई

318 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिबीबाट उम्मुक्ति नै खेल विकासको पूर्वसर्त भएको बताएका छन् । नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गरिबी हटाउने, पछौटेपन हटाउनुपर्ने भन्दै गरिबीबाट उम्मुक्ति खेल विकासको पूर्वसर्त भएको बताएका हुन्  । 

उनले प्रयाप्त लगानी नभए खेल क्षेत्रको प्रतिफल सोचेजस्तो हुन नसक्ने जिकिर गरे । उनले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै बिग्रेको देशलाई पनि खेल क्षेत्रले सुधार्ने धारणा राखे ।  त्यस्तै अध्यक्ष ओलीले आफ्नो सरकारले खेलको विकास विद्यालयतहबाटै गर्ने  नीति ल्याएको स्मरण गराए ।

ओलीले खेल क्षेत्रको विकासका लागि खेलाडीको गाँस र बाँसको चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गरे ।

ताजा अपडेट