माओवादीले 'इग्नोर' गर्दा माधव नेपाललाइ 'हर्ट' भयो !

11.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

सुर्खेत: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रले आफूलाई बेवास्ता गरेको गुनासो गरेका छन्। कर्णाली प्रदेशमा सरकार गठन गर्दा आफूलाई महत्त्व नदिइएको भन्दै उनले दुखेसो पोखेका हुन्।

बुधबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रको दम्भले गठबन्धन नै संकटमा पर्ने संकेत गरे। नेपालले भने, ‘हामी गठबन्धन टिकाउँछौं भनिरहेका छौं। टिकाउने खुबी र हिस्सेदारी हामीसँग छ, तर हामीलाई पीडा दिने खालको व्यवहार भइरहेको छ।’

कर्णालीमा आफ्नो पार्टीलाइ पुरै बेवास्ता गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले एकलौटी गर्न खोजिएको बताए। उनले थपे, ‘यहाँ माओवादीको दम्भ र घमण्डले हाम्रा साथीहरु दु:खी हुनुहुन्छ।’ केन्द्रमा गठबन्धन टिकाउन प्रदेशमा पनि समेटेर जानुपर्ने दायित्व उक्त पार्टीको हुने उनले बताएका छन्।

माओवादी केन्द्रको उक्त कदम निन्दनीय भएको बताउँदै यस्तै व्यवहार जारी रहे गठबन्धन टिक्ने कुरामै आशंका उत्पन्न हुने उनको भनाइ छ।

 
 
ताजा अपडेट
सम्बन्धित समाचार