
१९ श्रावण, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज आफ्नो निर्वाचन क्षेत्रका अग्रज, शुभेच्छुक एवं आफुसँग भेट गर्न चाहाने नागरिकसँग भेटघाट गर्ने भएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर २ मा नै उनले भेटघाटको कार्यक्रम तय गरेका हुन् । उनी आज दिउँसो तीन बजेदेखि वर्दगोरियामा शुभेच्छुकसँग भेटघाटमा रहने छन् ।
यस्तै, भोलि (शनिबार) उनले लम्की–चुहा नगरपालिकाको लम्की बजारमा भेटघाटको कार्यक्रम तय गरेका छन् । लम्कीमा पनि उनले आफुलाई भेट्न चाहानेसँग भेटघाट, जनस्तरका समस्या र प्रदेश सरकारप्रतिका सुझाव ग्रहण गर्नेछन् ।