एउटै स्टेजमा बस्दा केहि नहुने तर अरू ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने? :नेपाल

10.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी एमाले भएको बताएका छन् ।

पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले आफ्नो पार्टीका लागि प्रमुख राजनीतिक प्रतिद्वन्द्वी भएको बताएका हुन् ।

‘सबैभन्दा पहिलो र चुरो कुरालाई आत्मसात गर्नुपर्दछ । हामीले विद्रोह गरेको समूह, केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भएको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी हो ।

उसले हामीलाई शत्रु घोषणा गरेको छ,’ नेपालले भने, ‘हामी सहभागी कुनै कार्यक्रममा जान्न भन्ने ओली संयोगवश कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै पुगे ।

एउटै स्टेजमा बस्न हुने, अरू ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने रु’ एमालेले संसदीय मर्यादा पालना नगरेको उनको टिप्पणी छ ।

‘हामी आएपछि संसद्को बैठकमा आएका छैनन् । आउँछन्, तर नारा लगाएर जान्छन् । संसदीय मर्यादा पालना गर भन्दै एमालेले नारा लगाउनु हास्यास्पद छ,’ उनले भने ।

उनले एक भएर अगाडि बढ्दा प्रमुख प्रतिद्वन्द्वीसँग जुध्न सकिने प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको दाबी गरेका थिए । file photo

ताजा अपडेट
सम्बन्धित समाचार