गगन कुमार थापा [ Gagan Kumar Thapa ]
युवा नेता नेपाली कांग्रेस

About


थापाको जन्म २०३३ सालमा काठमाडौँको प्रसूति गृहमा भएको हो। उनका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्। उनको जन्म कश्यप गोत्री गोदार थापा कुलमा भयो ।

गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्। दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे। त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवार र विद्यालयमा पनि त्यही सिकाइन्थ्यो। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।

दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापति को प्रभावशाली भूमिका निर्वाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासद को रुपमा सदा चर्चाको शिखरमा रहे । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। दर्जनौ पटक हिरासतमा परेका थापाले चलचित्र हेर्ने, अध्ययन र घुमफिर आफ्नो रुचि भएको बताउनुभयो।

संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसिंह के.सी.की छोरी डा.अञ्जना के.सी सँग २०६५ वैशाखमा विवाह गर्नुभयो। संविधान सभामा दलहरू बीचमा सहमति बनाउन आफ्नो प्रमुख प्रयास रहने थापाले बताउनुभयो।