एमसीसी नेपालको हितमा छ, विवाद गर्नु आवश्यक छैन : प्रधानमन्त्री

8.6k Shares
सम्बन्धित पार्टी

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताएका छन् । एमसीसी सम्झौता छिटो पारित गनुपर्ने र यसमा कुनै विवाद गर्नु आवश्यक नभएको उनको भनाइ छ । 


गोरखापत्र दैनिकसँगको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभई अनुदान भएको स्पष्ट पारेका छन् । उनले अन्तर्वार्तामा भनेका छन्, ‘एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरै होइन । एमसीसी नेपाललाई दिइएको त्यो ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन अनुदान हो ।’ एमसीसीको नाममा नेपालमा रहेका केही तत्वले बखेडा गर्न खोजेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ‘एमसीसी विशुद्ध नेपालको हितमा’ भएको बताएका छन् ।

एमसीसीमा केही सुधार गर्नुपर्ने पक्ष भए पनि अमेरिका तयार रहेको पनि उनले उल्लेख गरेका छन् । ‘एमसीसीमा करेक्सन गर्न अमेरिका तयार छु भनेको छ । अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको छ,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले चैतसम्ममा लक्षित जनसंख्यालाई कोरोनाविरुद्ध खोप लगाइसकिने पनि बताएका छन् । कान्तिपुर दैनिकबाट

ताजा अपडेट
सम्बन्धित समाचार