काँग्रेसबाट मन्त्री बन्नेको नाम टुंगो लाग्यो, को - को बन्दैछन मन्त्री ?

26k Shares
सम्बन्धित पार्टी

काठमाडौं: मन्त्रिपरिषद् विस्तारको तयारी तीव्र रुपमा अगाडि बढेसँगै काँग्रेसभित्रको रामचन्द्र पौडेल पक्षले पनि  मन्त्री बन्ने दुइ जनाको नाम टुंगो लगाएको छ । नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम मन्त्री बन्नेको रुपमा पौडेल पक्षले टुंगो लगाएको हो ।

यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता पनि भइसकेको छ। मन्त्रीहरुको सपथको लागि कुनै कानुनी अड्चन नभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सत्ता गठबन्धनमा सहभागी हुने सबै दलले मन्त्री बन्नेको नाम टुंगो लगाइरहेका छन्। सबै दलबाट मन्त्री बन्नेको नाम टुंगो लागिसकेपछि मन्त्रिपरिषद पनि आजै विस्तार हुने बुझिएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार