अस्ट्रेलियामा ६ म्याग्निच्युडको भूकम्प, ठूला भवन र  टावर खाली गरिँदै

11.4k Shares

एजेन्सी: अस्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ । भिक्टोरिया राज्यको म्यान्सफिल्ड सहरलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको असर मेलवर्न सहरलगायत दक्षिणपूर्वी अस्टे«लियामा महशुस गरिएको थियो । 

भूकम्पका कारण केही भवन भत्किएको सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा देखिन्छ, तर, घाइतेको विवरण भने सार्वजनिक भएको छैन् । दक्षिण अस्ट्रेलिया र न्यु साउद वेल्समा पनि भूकम्प महशुस गरिएको थियो । 

पुनः अर्को भूकम्प आउन सक्ने भन्दै भिक्टोरिया राज्यको आपतकालिन सेवाले सर्वसाधरणलाई सचेत गराएको छ । ‘भिक्टोरियामा बसोबास गर्ने व्यक्ति जोखिममा छन् । कुनै पनि बेला अर्को भूकम्प जान सक्ने भएकोले सुरक्षित क्षेत्रमा रहनुहोस । ’ सेवाले भनेको छ । सो राज्यमा सवारी नचाउन पनि अनुरोध गरिएको छ । 

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरुमा मेलवर्नमा भत्किएका घरबाट धुलो उडेको देखिन्छ । सम्भावित क्षतिलाई मनन गर्दै अग्ला टावर र सहरका अस्पताल खाली गरिएका छन् । त्यस्तै, विद्युतबाट चल्ने सवारी सेवा स्थगित गरिएको छ ।
 

ताजा अपडेट
सम्बन्धित समाचार