रवी लामिछाने पनि उहीँ ड्याङको मुला रहेछन, एक हप्ता नपुग्दै दुइ अरब बाढ्ने तयारी 

20.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

रवी लामिछाने बारे टिक्का टिप्पणी गर्दा विकास विरोधी वा काङ्रेस एमाले माओवादीको झोले जस्तो शब्द ले आक्रमण हुने देखिन्छ सामाजिक सन्जालमा । अहिले मैले यो भिडियोमा पनि त्यस्तै कमेन्ट पाउन सक्छु तर बिन्ती यो भिडियो पूरा हेरिदिनु होला र शब्द शब्द सुनिदिनु होला । कारण सहित छोटो मीठो भनेको छु है । 

रवी लामिछाने माथी विश्वास गर्ने एक व्यक्ती हु म र यो पीडा पोखेको । रवि लाई उहीँ ड्याङको मुला हुन छुट थिएन ! छुट छदै थिएन । चौरासी को निर्वाचन मा रवीको पार्टीले दुई तिहाई ल्याउने सबै लाई आशा थियो । यदि अहिले सरकार मा नगएको भए त्यो आशा जोगिने थियो तर सरकार मा काम गरेर देखाउछु भनेर गए । तर रवि पनि सरकार मा गएपची टेस्टेड हुने भए । टेस्टेड मात्र नभएर उहीँ ड्याङ को मुला नै निस्किए । ल कुरा विस्तार मा गरौ । 

काङ्रेस माओवादीको गठबन्धनको सरकार को मन्त्री परिशद ले छब्बिस सय थप सहिद घोषणा गरेको थियो र गृहमन्त्री रवि लामिछाने ले मन्त्री पद सम्हालेको दुई दिन मै त्यो सहिद हरु को नाम राजपत्र मा प्रकाशित भयो । रवी लाई थाहा न हुने कुरै भएन किनकी राजपत्र मै मिति तोकेको छ प्रकाशित अनि गृहमन्त्रालय अन्तर्गत हो । अब निचोड कुरा के हो भने प्रधानमन्त्री प्रचण्ड लाई माओवादी लडाकु हरु जस्को मृत्यु भए उनिहरु को आँसु ले पिरोल्छ कि भन्ने ठूलो चिन्ता छ ।

प्रचण्डले मुख्यत माओवादी आन्दोलन मा ज्यान गुमाएका लडाकु हरु लाई राहत स्वरुप दस दस लाख रुपैया दिने कोसिस गरिरहेका छन । त्यही स्वरुप उनले सहिद घोषणा गरेर अब चाडै रकम दिने पनि निर्नय गर्न लाग्दैछन । यहि कुरामा प्रचण्ड र पुर्व अर्थमन्त्री को ठाकठुक परेको थियो । प्रचण्ड ले सहिद को लिस्ट मा केही अन्य पार्टी को व्यक्ती हरु लाई पनि समावेश गरेका छन तर मुख्यत माओवादी लडाकु हरु कै नाम छ ।

सबैलाई १० लाख को दर ले दिने हो भने दुई अरब भन्दा बढी खर्च हुन्छ । त्यो पैसाले प्रचण्ड ले बरु आफ्नो लडाकु को माया लाई रोजगारी को अवसर दिन कल कारखाना खोल्थे होला तर प्रचण्डले दुख किन गर्नु र ? राज्य ढुकुटीबाट पैसा बाढ्यो अनि निर्वाचन मा भोट माग्न सजिलो । त्यो प्रचण्डको प्लान मा काङ्रेस का पुर्व अर्थमन्त्री अलि कडा भएर त्यो पैसा बाढ्ने निर्णय मा रिजर्भ भएका थिए ।

अहिले रवि लामिछाने मन्त्री भएको दुई दिन मै राजपत्र मा प्रकाशित हुदा रवी चुई बोलेका छैनन । हुन त पैसा दिने निर्नय भएको छैन तर यो स्पिड मा प्रकाशित भएको देख्दा प्रचण्ड ले अब चाडै गर्छन भन्ने छ । रवी ले अहिले त चुपचाप यो स्पिड मा काम गर्न दिए भने आफ्नो कुर्सी लाई प्रचण्डको निर्नय रोक्न सक्लान र ? अघिल्लो सरकार को निर्णय भनेर पन्छिने त होला जसरी अहिले पनि । त्यो सहिद को लिस्ट को सहिद हरु साच्चै नै हुन कि होइनन , कुन उद्देश्य ले त्यो निर्णय गरेको भन्ने रवी ले बुझेर मात्र प्रकाशित गर्न दिन सक्थे वा रोक्थे ।

हुन त अघिल्लो सरकारले गरेको निर्णय हो म पो भ्रष्टाचार गर्दिन भन्ने छुट रवि लाई छ तर यो बहानाले दुई तिहाई पाउन गार्हो छ । रवि काङ्रेस एमाले माओवादीको निर्नय रोक्न सक्छन अडिग छन भन्ने छाप जनता लाई चाहेको छ । कसै सङ नडराउने रवी हुन भन्ने भए तर रवि को अहिले को चाल हेर्दा उहीँ ड्याङ को मुला देखियो ।

ताजा अपडेट
सम्बन्धित समाचार