लोसपा केन्द्रीय समिति बैठक सुुरु, बैठकमा ९ एजेन्डा प्रस्तुत

7.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक सुुरु भएको छ । बैठक गौशालाको एक होटलमा बसीरहेको छ । केन्द्रीय समितिको बैठकमा विभिन्न नौ वटा एजेन्डामा छलफल सुरु भएको छ ।

लोसपाले राष्ट्रिय सभा निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने एजेन्डा पहिलो नम्बरमा नै राखेको छ । माघ ११ गते हुने चुनावका लागि निर्वाचन आयोग दल दर्ता गर्न सूचना जारी गरेको छ ।

भागबन्डाको आधारमा लोसपाले राष्ट्रिय सभामा एक सिट पनि पाउने छैन । त्यस अवस्थामा चुनावमा भाग लिने कि नलिने विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै, पुस दोस्रो साताभित्र मधेस प्रदेशमा जिल्ला अध्यक्षसहित विस्तारित केन्द्रीय समितिको बैठक गर्ने विषय दोस्रो एजेन्डामा राखिएको छ । त्यसैसरि, पार्टीलाई आत्मनिर्भर बनाउनका लागि लेबी निर्धारणबारे अध्ययन गर्न गठन गरिएको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल पनि छलफल हुनेछ ।

सह–अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–१, महासचिव–१, सह–महासचिव १५ जना रहने गरी पार्टीको राजनीतिक कार्यदिशा सम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन गरिने सम्बन्धमा पनि छलफल हुने बताइएको छ । वरिष्ठ उपाध्यक्ष–२, उपाध्यक्ष–२, महासचिव–२, सह–महासचिव–१, सचिव–१, कोषाध्यक्ष–१ जना रहने गरी पार्टीको सङ्गठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन तयार गर्न अर्को कार्यदल गठन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

त्यस्तै, पार्टीको भातृ सङ्गठन, विभागहरूको सङ्ख्या निर्धारण सम्बन्धमा पार्टीको विधान बमोजिम प्रतिवेदन तयार गरी इन्चार्ज सह इन्चार्ज तोक्न गृहकार्य गर्नका लागि वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–२, महासचिव–२, सह महासचिव–२, सचिव २१ जना रहने गरी कार्यदल गठन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । पार्टीको अन्तरिम विधान पुनरावलोकन गर्न पनि कार्यदल बनाउनेमा विषयमा पनि छलफल हुने लोसपाले जनाएको छ ।

बैठकलाई वरिष्ठ नेता राजेन्द्र महतोले बहिस्कार गरेका छन्। यसअघि अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गर्दा आफूलाई सद्भावनाकालदेखि नै साथ दिएका नेताहरूलाई समावेश नगरेको भन्दै उनले बैठक बहिस्कार गरेका हुन्।

ताजा अपडेट
सम्बन्धित समाचार