चुनावमा उठ्न योग्य व्यक्ति मात्रै उम्मेदवार हुन पाउनुपर्छ : प्रदीप पौडेल

9k Shares
सम्बन्धित पार्टी

काठमाडौं ।   नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चुनावमा उठ्न योग्य व्यक्ति मात्रै उम्मेदवार हुन पर्ने बताएका छन् । 

१४ औँ महाधिवेशनको म्यान्डेट र पार्टी रूपान्तरणको जल्दा बल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले  पार्टीका आम कार्यकर्ताले चुनेको मतदान गरेर चुनावमा उठ्न योग्य व्यक्ति मात्रै उम्मेदवार हुन पाउनुपर्ने बताएका हुन्। 

उनले  कांग्रेसका सबै कार्यकर्ताले अब आफ्नो केन्द्रीय सभापति आफैँ चुन्न खोजे त्यही अनुसारको व्यवस्था गर्न सक्नुपर्ने बताए । 

उनले भने,' यसको मतलब पार्टीलाई मासवेस पार्टीमा रूपान्तरण गर्नुपर्छ । यो क्याडरवेस पनि पार्टी होइन, हामीले व्यवहार जुन गरिरहेका छौँ ।'

ताजा अपडेट
सम्बन्धित समाचार