चिनियाँ राजदुतावास नेपालबाट हटाउनुपर्छ: लोसपा नेता झा

16.7k Shares
सम्बन्धित राजनीतिज्ञ

काठमाडौं: नेपालबाट चिनियाँ राजदुतावास हटाउनुपर्ने माग बढ्न थालेको छ । 

चिनियाँ राजदुतले एउटा कार्यक्रममा दिएको अभिव्यक्ति विवादित बनेपछि यस्तो आवाज उठ्न थालेको हो । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति   नेताहरुले आलोचना गरेका छन् ।  

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अजय झाले विवादित र मर्यादा मिचेर अभिव्यक्ति दिने राजदुतलाई चीन सरकारले कारबाही गर्दौ फिर्ता बोलाउनु पर्ने बताए । उनले कुनै देशमा आएर राजदुतको पदमा बसेको व्यक्तिले कुटनैतिक मर्यादा बिर्सन नहुने बताए ।

उनले नेपालमा चिनियाँ दूतावासको खासै औचित्य नरहेको र सम्पर्क कार्यालय मात्र राख्दा राम्रो हुने बताए । उनले अहिले दूतावासले गर्ने जति कार्य सम्पर्क कार्यालयले गर्न सक्ने भन्दै यसमा सरकारले पहल थाल्नु पर्ने बताए ।  

राजदुत सोङले बोलेको कुरा मर्यादा भन्दा बाहिर भएको बताए । उनले सरकार यो कुरामा गम्भीर भएर 'एक्सन' लिनुपर्ने बताए ।

त्यस्तै बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले पनि चीनले नेपालको अन्य देशसँग सम्बन्धमा बोलेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

ताजा अपडेट
सम्बन्धित समाचार