रास्वपाकाे ७७ वटै जिल्लामा सम्पर्क सांसद, कुन जिल्लामा को ?

15.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ ।

रास्वपाले विज्ञप्ति जारी गरी सांसद डोलप्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर र कैलाली, विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा, सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुरा, निशा डाँगीलाई झापा, मोरङ, इलाम र सल्यान, मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङ, गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डडेलधुरा, सोविता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट, सुमना श्रेष्ठलाई रसुवा, काठमाडौँ, रुकुमपूर्व र रुकुमपश्चिम, डा तोसिमा कार्कीलाई ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुरको जिम्मेवारी तोकिएको जनाएको छ ।

यसैगरी शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही र सप्तरी, हरि ढकाललाई सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर, डा स्वर्णिम वाग्लेलाई गोरखा, पर्सा, बैतडी र तनहुँ, डा. चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी, असिम साहलाई काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु, लक्ष्मी तिवारीलाई प्युठान, परासी, बर्दिया र बाँके, अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, सङ्खुवासभा र सुनसरी, शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की, बिनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत र डोल्पा तथा विन्दबासिनी काङसकारलाई स्याङ्जा, बाग्लुङ र मकवानपुरको जिम्मेवारी तोकिएको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार