मलाई विश्वासको मत नदिए मध्यावधि निर्वाचनको सामना गर्नुपर्छः मुख्यमन्त्री कार्की

5.1k Shares
सम्बन्धित पार्टी

काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई सबै दलका सांसदले विश्वासको मत दिनुपर्ने बताएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत नदिए अर्को सरकार कुनै पनि हालतमा बन्न नसक्ने दाबी गरेका हुन् ।

‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’ उनले प्रश्न गर्दै भने ।त्यस्तै उनले २५ प्रतिशतभन्दा बढी चालु खर्च घटाएको र आगामी आर्थिक वर्षमा पनि पौने अर्ब चालु खर्च घटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफू मुख्यमन्त्री बन्दा पुँजीगत खर्च ३० प्रतिशत पनि नपुगेको भन्दै अहिले पुँजीगत खर्च ८० प्रतिशतसम्म पुग्ने उनले दाबी गरे । त्यसका लागि सरकारी संयन्त्रलाई ठिक ढंगले अगाडि बढाउँदा काम गर्न सकिन्छ भन्ने देखाएको उनले बताएका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार