सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम शुरु भएको छ : मन्त्री श्रेष्ठ

5.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम शुरु भएको बताएकी छिन्।

आज मंगलबार प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदैँ उनले भूमिहिनहरुसँग परामर्श लिएर जग्गा दर्ता गर्ने र लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढेको बताइन् ।

‘भूमिहीनसँग जग्गा दर्ता गर्ने र हस्तान्तरण गर्ने विषयसँग सम्बन्धित भूमि आयोगमा छलफल चलिरहेको छ ।’ उनले भनिन्, ‘विभिन्न जिल्लाहरुमा गएर भूमिहीन, दलित भूमिहीन सुकुम्बासीसँग परामर्श लिएर जग्गा दर्ता गरेर लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढाई रहेका छौ । ’ सांसद विना लामाले उठाएको प्रश्नको जवाफ दिदैँ उनले वास्तविक सुकुम्बासीलाई पहिचान गर्ने र जग्गा दर्ता गराउने कार्य अगाडी बढाउने काम भएको बताइन् ।

उनले भनिन्, ‘गुठि व्यवस्थापन र सुकुम्बासीको विषयमा हामीले मन्त्रालयमा वास्तविक सुकुम्बासीलाई पहिचान गर्ने कार्यतिर हामी लागेका छौ र यसका लागि अगाडी बढिरहेका छौँ ।’

सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाटबारे सोधेको प्रश्नमा उनले जग्गाको लालपूर्जा वितरण कार्य अगाडी बढेको उल्लेख गर्दै कित्ता काट र भूउपयोगको नीति नहुदाँ खेती योग्य जमिन सुरक्षित नभएको हुदाँ कृषि योग्य जमिन छुट्याएर कित्ताकाट गर्ने गरी तयारी गरिएको बताइन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार