सर्वोच्च अगाडि नाराबाजी गर्ने १० जना प्रहरी नियन्त्रणमा

19.6k Shares

काठमाडौं: रामशाह पथमा रहेको देशको सर्वोच्च अदालत अगाडि नाराबाजी गर्ने ११ जना नागरिकता पिडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विगत केहि दिन देखि आन्दोलन गर्दै आएका नागरिकता पिडितहरुले सर्वोच्च अदालतले न्याय नदिएको भन्दै नाराबाजी गरेका थिए । सर्वोच्चले आज (असार ३) परेको पेशी पनि 'हेर्न नभ्याउने'मा राखेपछी सर्वोच्च अदालतको मुल प्रवेश द्वारमा नाराबाजी थालेका थिए ।

विगत लामो समयदेखी नागरिकता नभएर अनेकन समस्या झेल्दै आएका पीडितहरु आन्दोलनलाई उग्र रुप दिन थालेका छन् । जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सिताराम रिजालले सर्वोच्च अदालत प्रवेशद्वारमा नाराबाजी गर्ने ११ लाई नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो ।

उहाँले सर्वोच्च अदालत अगाडि नाराबाजी गर्ने १० पुरुष सहित १ महिलालाई नियन्त्रणमा लिएको बताउनु भयो ।

 
 
ताजा अपडेट
सम्बन्धित समाचार