कांग्रेसको 'रुख' कसकोः तनहुँ पुगेर प्रचण्डले भने 'रुख' हाम्रो चिन्ह हो

12.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ: प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘रुख’ अहिले साझा चुनाव चिन्ह भएको बताएका छन्। तनहुँ–१ को उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता गोविन्द भट्टराईलाई मत माग्न डुम्रेमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘गोविन्द भट्टराईलाई रुख चिन्हमा मतदान गर्नुहोस्। रुख चिन्ह अब हामी सबैको साझा चिन्ह भएको छ,’ उनले भने। दाहालले रास्वपातर्फ लक्षित गर्दै आँधीहुरी र बतासबाट आत्तिन पर्ने अवस्था नरहेको बताएका थिए। ‘भ्रममा नपर्नुहोला, कहिलेकाहीं खहरे उर्लिएर आउँछ, तर छिट्टै सुक्छ। यसपटक खहरे सुक्नेवाला छ,’ उनले भने।

ताजा अपडेट
सम्बन्धित समाचार