राप्रपा सरकारबाट बाहिरियो

16.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो। 

गत पुस १० गते बनेको नयाँ गठबन्धनमा सहभागी भएकाे राप्रपा माघ ३ गते अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा तीन जना मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको थियो।

साथै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकले आठ दलीय गठबन्धन बनाउने निर्णयसँगै राप्रपा सरकारबाट बाहिरिएको हो। 

ra-pra-pa.jpeg

ताजा अपडेट
सम्बन्धित समाचार