के कारण उपेन्द्रमाथि आइलाग्यो ठुलो आपत ? , यस्तो छ कारण

5.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

सप्तरी - जनता समाजवादी पार्टी (जसपा) भित्र कार्यकर्ताको असन्तुष्टिले अध्यक्ष उपेन्द्र यादवलाई चुनौती थपिदै गएको छ।

 

मधेस विरोधी एमालेसँग गठबन्धन गरी चुनावमा गएकोले पार्टीका असंतुष्ट नेता कार्यकर्ता आक्रोशित बनेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका यादवलाई चुनाव जित्न चुनौती थपिँदै गएको हो।

सत्ता र शक्तिका लागि आफ्नै विरोधी, मधेसी विरोधी शक्तिसँग हात मिलाउने, अप्राकृतिक सहकार्य गर्ने उनी चुनावको मुखमा पनि यही रवैया देखाएपछि पार्टीका नेता कार्यकर्ता असन्तुष्ट बन्दै चुनावी गतिविधिबाट निष्क्रिय हुन थालेका छन्।

एमालेलाई मधेसमा विरोधी पार्टीका चिनाएका उपेन्द्र आफैं एमालेसँग चुनावी गठबन्धन गरेसँगै कार्यकर्ता असन्तुष्ट भएका हुन्। एक सन्तुष्ट कार्यकर्ता भन्छन्, ‘नागरिकता विधेयक होस् वा मधेस आन्दोलनमा एमालेको भूमिकालाई लिएर मधेसी समुदाय असन्तुष्ट छ।

त्यसमाथि सरकारमा हुँदा एमालेले जसपाका सांसद नै अपहरण गरेर पार्टी फुटाउने प्रयास गरेको थियो अहिले उनैसँग जसपा गएको छ।’ कुनैबेला जसपा पार्टीलाई फुटाउन केपी शर्मा ओलीले षडयन्त्र गरेको कुरा जसपा वृत्तमा निकै चर्चाको विषय बनेको थियो।

सांसद डा. सुरेन्द्र यादवलाई एमाले नेता महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनालले आफूलाई अपहरण गरेर होटलमा बन्धन बनाएको र आफू कसैगरी फुत्किन बाध्य भएको बताएका थिए। स्वयम् उपेन्द्रले पनि एमालेले आफ्नो सांसदलाई एमालेले अपहरण गरेको भन्दै आक्रोश पोखेका थिए।

तर अहिले आफैंले अपहरणकारी भनेको पार्टीसँग सहकार्य गरेपछि नेता कार्यकर्तामा असन्तुष्टि छाएको हो। आफ्नै नेता कार्यकर्ताको अपहरण गर्ने, मधेसको अवमूल्यन गर्ने शक्तिसँग चुनावमा गठबन्धन गरेको भन्दै धेरै नेता कार्यकर्ता निष्क्रिय बनेका छन्।

पछिल्ला दिनमा कार्यकर्ताको परित्यागले जसपा जिल्ला नेतृत्व र स्वयं उपेन्द्रलाई चिन्तित बनाएको नेताहरु बताउँछन्। अर्कोतिर मधेस विरोधी छवि भएको दलसँग सहकार्य गरेका उपेन्द्रले आफ्नै क्षेत्रमा एमालेको (बागी उठ्नु) साथ नपाउनुले पनि कार्यकर्तामा निराशा छाएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार