सप्तरी २ मा उपेन्द्रलाई किन पर्यो सङ्कट?

5.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः केपी शर्मा ओलीले असंवैधानिक तरिकाबाट संसद् विघटन गरेपछि संविधान र संसद् जोगाउन बनेको मोर्चाको पक्षमा उभिएका उपेन्द्र यादव अहिले भने प्रतिगामी कित्तामा उभिएका छन्। यसअघि ओलीले असंवैधानिक कदम चालेको, संविधान मास्ने काम गरेको भन्दै चर्को आलोचना गर्ने उपेन्द्र अहिले उनकै साथमा उभिएका हुन्।

जसपाले नेकपा एमालेसँग १७ सिटमा तालमेल गरेको छ। आफू पनि जित्ने र पार्टीका अन्य उम्मेदवारलाई पनि जिताउने रणनीति अनुसार तालमेल गरेका उपेन्द्र अन्ततः आफू पनि हार्ने र पार्टीका अन्य उम्मेदवारलाई पनि हराउने अवस्थामा पुगेका हुन्। 

यादवले २०७४ को निर्वाचनमा सप्तरी–२ रोज्दा मलेठ काण्डलाई चुनावी मुद्दा बनाएका थिए। त्यस समय ओलीले मधेसमा नरसंहार गराएको भन्दै उनले चुनावी मुद्दा बनाए र नेकपा एमालेको विरोध गर्दै चुनाव जिते। अहिले उनै ओलीका कार्यकर्तासँग सहयोग मागेर चुनाव जित्नुपर्ने बाध्यतामा यादव रहेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली चुनावकै मुखमा तराई–मधेस जागरण अभियानको नेतृत्व गर्दै मलेठ पुग्दा सुरक्षाकर्मी र मधेसवादी प्रदर्शनकारीबिच भएको झडपमा ५ जना मारिए। यादवको तत्कालीन दल सङ्घीय समाजवादी फोरमले घटनालाई चुनावी मुद्दा बनायो र एमालेको चर्को स्वरमा विरोध र आलोचना गर्‍यो। 

आन्दोलनको रापताप र मलेठको घटनाले ०७४ को निर्वाचनमा यादवले सप्तरी–२ मा सेट ९प्रतिनिधि र प्रदेशसभा० नै जिते। यादवको क्षेत्रमा महन्थ ठाकुरको तत्कालीन दल राष्ट्रिय जनता पार्टी ९राजपा० को साथ थियो। तर, यसपालि यादवलाई ठाकुरकै दल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उम्मेदवार जयप्रकाश ठाकुरले कडा टक्कर दिँदै छन्। जनमत पार्टीका अध्यक्ष सिके राउतको उम्मेदवारीले पनि यादवको संसद्को बाटोमा अवरोध गरेको छ।

सप्तरी–२ मा प्रतिनिधिसभाका लागि १७ जना उम्मेदवार रहे पनि मुख्य प्रतिस्पर्धा यादव, ठाकुर र राउतबीच हुनेछ। यहाँ २ मा ९५ हजार ३ सय ९४ मतदाता छन्। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको वडागत मत सङ्ख्या हेर्दा सत्तारुढ गठबन्धनको मत बढी छ। लोसपासहित सता गठबन्धनको कुल मत ३३ हजार १ सय ८४ छ भने जसपा–एमाले गठबन्धनको मत २० हजार ३ सय ५४ छ। यस्तै, जनमत पार्टीको मत ४ हजार ५ सय ४२ छ। यही आधारमा सत्ता गठबन्धनका उम्मेदवार लोसपाका ठाकुर बलियो देखिन्छन् भने यादवको पराजय निश्चितजस्तै छ। 

यादवले आफू त हार्ने नै भए सँगै पार्टीका अन्य उम्मेदवारहरू पनि पराजित हुने देखिएको छ। एमालेसँग तालमेल गरे पनि सात क्षेत्रमा एमालेकै उम्मेदवारहरू बागी बनेका छन्। अशोक राई उम्मेदवार रहेको सुनसरी(१ मा एमालेका मनोज मेन्याङ्बोले बागी उम्मेदवार दिएका छन्। उनी धरानका पूर्व मेयर हुन्। 

त्यस्तै सर्लाही–१ मा जसपाका प्रमोद शाहविरुद्ध लालबन्दीका पूर्व मेयर मानबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन्। रौतहट २ मा जसपाका शैलेन्द्र शाहविरुद्ध करण शाह, महोत्तरी(३ मा जसपाका हरिनारायण यादवविरुद्ध एमालेका राम आधार कापड, धनुषा(१ मा जसपाका दीपक कार्कीविरुद्ध एमालेकी किशोरी शाह कमल, पर्सा १ मा जसपाका प्रदीप यादवविरुद्ध एमालेका सन्तोष श्रेष्ठ र सप्तरी(१ मा जसपाका नवलकिशोर शाहविरुद्ध एमालेका रोहित पोखरेलले बागी उम्मेदवारी दिएका छन्। 

यसरी तालमेल गरेका ठाउँमा पनि एमालेका उम्मेदवारहरूले बागी दिएपछि उपेन्द्रका उम्मेदवारहरूको पराजय पनि निश्चितजस्तै बनेको हो।

ताजा अपडेट
सम्बन्धित समाचार