गठबन्धन रहर होइन, बाध्यता हो : रामचन्द्र पौडेल

8.9k Shares
सम्बन्धित पार्टी

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गर्नुपरेको बताएका छन्। 

तनहुँको व्यास नगरपालिका २ मा शुक्रबार आयोजित कार्यक्रममा उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लगे मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताए।

‘प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो’, उनले भने, ‘यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन।’

उनले लोकतन्त्रको उपयोग गर्न नसकेको बताए।‘व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको हो’, उनले भने।हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक पर्ने भन्दै पौडेलले गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने  बताए।

वरिष्ठ नेता पौडेलले विगत केही दिनदेखि जिल्लाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट तीव्र पारेका छन्। यस क्रममा उनले व्यास, भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गरेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार