किन जनकपुर जाँदै छन अध्यक्ष ओली?

14.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार जनकपुरधाम जनकपुर जाँदै छन्।

जनकपुरधाम स्थित तिरहुतिया गाछीमा जिल्ला कमिटीले आयोजना गरेको आमसभामा र बुद्धिजिवी परिषद् को कार्यक्रममा सहभागी हुन ओली जनकपुरधाम आउन लागेको नेकपा एमालेले जनाएको छ ।

ठुलो समयको अन्तरालमा ओली यस्ता कार्यक्रममा सहभागी हुने जनकपुरधाम आउन लागेका छन् । विहान ११ बजे देखि हुने पार्टी प्रवेश कार्यक्रममा ओली सहभागी हुन आउने जनाइएको छ । सो कार्यक्रममा नेपाली कांग्रेसका नेता संतोष यादवसहित उक्त क्षेत्रका साथै अन्य अन्य पार्टीवाट पार्टी प्रवेश गर्ने कार्यक्रम निर्धारण गरिएको छ । 

लक्ष्मीनियाँ गाउँपालिका निर्वतमान उपाध्यक्ष इन्द्रकाला देवी र सोही पालिकाको माओवादी केन्द्रका अध्यक्ष सूर्यदेव यादव पनि पार्टी प्रवेश गर्ने तयारीमा छन् ।आमसभालाई मध्य नजर गर्दै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । कार्यक्रमस्थलमा ठुलो पण्डालसहित ठाउँ ठाउँमा ओलीलाई स्वागतसहितको ब्यानर पनि लगाइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार