केपी र उपेन्द्रबीच चुनावी गठबन्धन हुदैँ, मधेश प्रदेशमा १६/ १६ सिट लिने !

9.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौंः आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार सिफारिशमा दलहरु व्यस्त छन् । सत्ता गठबन्धनमा पनि सिट बाँडफाँटको अन्तिम गृहकार्य भैरहेको छ । तर, गठबन्धनको मुख्य घटक जनता समाजवादी पार्टी, नेपाल भने गठबन्धन छोड्ने अन्तिम तयारीमा जुटेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई सम्मानजनक व्यवहार नभए गठबन्धनबाट बाहिरिने चेतावनी दिईसकेका छन् ।

पछिल्लो समय उनले गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्न खोजेका छन् । त्यसको लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्पर्क बढाएको स्रोतको दाबी छ । यादवले गठबन्धनको बैठक चलिरहेको अवस्थामै हालसालै एमाले अध्यक्ष ओलीसँग भेटेर चुनावी सहकार्यबारे छलफल गरेको बुझिएको छ । उक्त छलफलमा मधेश प्रदेशमा ३२ सिटमा एमाले–जसपाले १६र१६ सिट लिएर जानेबारे सहमति गरेको बुझिएको छ ।

मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । यादवले ३२ मा १६ सिट प्रतिनिधिसभातर्फ लिने र प्रदेशसभातर्फ पनि ५०र५० प्रतिशत सिट लिएर जान सकिने प्रस्ताव राखेका थिए । यादवको प्रस्ताव ओली सकारात्मक देखिएका छन् ।

आजरभोलिभित्रै दुई नेताबीच छलफल हुने र निश्कर्षमा पुगिने दुवै पार्टीका दोस्रो तहका नेताहरुको दाबी छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मधेश प्रदेशको ३२ सिटमा एक्लै १६ सिटमा दाबी गरेपछि यादव बिच्किएका छन् । उनले सत्ता गठबन्धन कुनैपनि बेला छोड्न सकिने र एक्लै चुनाव लड्नुपर्ने परिस्थिति आउने भन्दै तयारी अवस्थामा रहन नेता तथा कार्यकर्ता पँक्तिलाई आग्रह गरिसकेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार