नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ , के गर्लिन राष्ट्रपति ?

10.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक पुरानै अवस्थामा प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको छ । दुबै सदनबाट पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि फेरि राष्ट्रपति कार्यालय पठाइएको हो ।

राष्ट्रपति भण्डारीले साउन २९ गते सन्देशसहित विधेयकमा पुनर्विचार गर्न आवश्यक रहेको निष्कर्षसहित संसद्मा फिर्ता पठाएकी थिइन् । तर दुबै सदनबाट विधेयक हुबहु पारित गरिएको थियो । 

अब भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नैपर्ने हुन्छ । दोस्रोपटक संघीय संसद्का दुवै सदनले विधेयक पारित गरेर पठाएकाले अब राष्ट्रपतिले अनिवार्य विधेयक पारित गर्नैपर्ने संबैधानिक व्यवस्था रहेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार