प्रधानमन्त्रीसहित कांग्रेस पदाधिकारी किन शितल निवासमा पुगे ?

12.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं: नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना पदाधिकारीसहित नागरिकता विधेयकबारे राष्‍ट्रपतिसँग छलफल थालेका छन्।

प्रधानमन्त्री देउवा काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीसहित केहीबेरअघि शितल निवास पुगेका हुन्। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग नागरिकता विधेयकबारे छलफल गर्नेछन्।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे १५ बुँदै सन्देशसहित प्रतिनिधि सभामा पठाएकी थिइन्। तर, प्रतिनिधि सभाले पर्याप्त छलफल नगरी जस्ताको त्यस्तै पारित गरेको छ। अहिले सो विधेयक राष्ट्रसभामा छ। आइतबार राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। 

नागरिकता विधेयकमा वर्तमान गठबन्धन तत्काल प्रमाणीकरण गर्ने पक्षमा छन् भने प्रतिपक्ष दल एमाले त्यसको विरोधमा छ।

नागरिकता विधेयक प्रमाणीकरणका लागि आफूकहाँ जस्ताको त्यस्तै आउने भएपछि राष्ट्रपति थप छलफलमा जुटेकी छन्।  

ताजा अपडेट
सम्बन्धित समाचार