प्रचण्ड र नेपाल नयाँ गठबन्धन बनाउने तयारीमा,एकलिदै कांग्रेस

11.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौंः सत्ता गठबन्धनभित्र अर्को गठबन्धन बनाउने प्रयास भएको छ । खासगरी कांग्रेसबाहेकको अर्को गठबन्धन बनाउनेगरि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तयारी थालेका छन् । यसअघि पनि समाजवादी केन्द्र बनाउनेगरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच छलफल भएको थियो ।


तर, चुनावअघि समाजवादी केन्द्र बनाउन कठिन हुने भएकोले कम्तिमा चुनावमा सहकार्य गरेर जान शीर्ष नेताहरु सहमत भएका थिए । अहिले बाबुराम माओवादी केन्द्रको चुनाव चिन्ह लिएर जान सहमत भएका छन् । उता, एमाले परित्याग गरेका वामदेव गौतम पनि माओवादी केन्द्रकै चिन्हबाट उठ्ने भएका छन् ।

अहिले पाँच दलीय गठबन्धनको मुख्य घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले चुनावअघि नै पार्टी एकता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नयाँ प्रस्ताव राखेका छन् । दाहालले यसबारेमा सकारात्मक जवाफ दिएका छन् । पार्टी एकता गर्न नसकिए चुनावपछि गर्न सकिने भन्दै अहिले पार्टी एकताको लागि कार्यदल बनाउनेबारे दुई नेताबीच छलफल भएको छ ।

माधव नेपालले पनि मंसिर ४ गतेको निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर जान सकिनेबारे दाहालसँग प्रस्ताव राखेका छन् । माओवादी केन्द्रनिकट उच्च स्रोतकाअनुसार नेकपाकालिन सचिवालयका बहमुत सदस्यहरु मंसिर ४ गतेको निर्वाचनमा एउटै चिन्हबाट लड्नेगरि छलफल छलेको छ । यसबारेमा आज भोलिभित्रै नेताहरु एउटा निश्कर्षमा पुग्ने बताईएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार