चुनावअघि एकता गर्ने सपना कसैले नदेखे हुने नेपालको भनाई

8.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीय चुनावअघि कुनै पनि पार्टीले एकता गर्ने सपना नदेख्न चेतावनी दिएका छन्  ।

कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै  उनले एकीकृत समाजवादी पार्टी अन्य कुनै पार्टीसँग एकता नहुने बताएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला  अध्यक्ष नेपालले निर्वाचनअघि पार्टी एकता असम्भव भएको बताएका हुन् ।

‘आउँदो चुनावअघि हाम्रो पार्टीले कुनै पार्टीसँग एकता गर्दैन, एकीकृत समाजवादी एक्लै होमिन्छ, यदि कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो ।’ नेपालले भने ।  नेकपा एस पार्टी अहिले संगठन विस्तारमा लागि परेको उनको भनाइ छ । 

ताजा अपडेट
सम्बन्धित समाचार