मतदातालाई एमालेले गर्‍यो ६७ बुँदे अपील

7.9k Shares
सम्बन्धित पार्टी

प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनलाई लिएर मतदाताहरूलाई ६७ बुँदे अपील गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त अपील सार्वजनिक गरेका हुन् ।

एमालेले जारी गरेको अपीलमा कांग्रेसलाई मतदान गर्ने मनस्थिति बनाएका मतदातालाई पनि आफूतिर तान्ने कोशिस गरिएको छ । ‘कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनु भएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु, यस पटक नेपालको विकासका लागि, तपाईहरुको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाईहरूका सन्ततिको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य चिन्हमा मतदान गरौं’, ओलीले अपीलमा भनेका छन् ।

ओलीले नेकपा (एमाले) करिब १० वर्ष सरकारमा रहँदा नेपालको इतिहासमा पहिलो पटक मुलुकको समग्र विकास निर्माण, सामाजिक सुरक्षा, परिवर्तन र रूपान्तरण, राष्ट्रिय सामर्थ्य र प्रतिष्ठाको अभिवृद्धिलगायत क्षेत्रमा युगान्तकारी एवम् गौरवपूर्ण उपलब्धि हासिल भएको जिकिर गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार