महानगर र उपमहानगरको उम्मेदवार टुङ्ग्याउन गठबन्धनको बैठक, के आउला निश्कर्ष ?

7.9k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी


काठमाडौं । महानगरपालिका र उपमहानरपालिकाको उम्मेदवार टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । 

सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

आज बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुङ्गो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना दाबी छोडेका छैनन् । सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन् ।

नेपाली कांग्रेसले काठमाण्डौ, ललितपुर, विराटनगर महानगरपालिकाको प्रमुखमा दाबी गरेको छ । यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा दाबी गरेको छ ।

११ उपमहानगरपालिकामध्ये कांग्रेसले बुटवल, जनकपुर, तुलसीपुर, कलैया, घोराही, धनगढी, हेटौँडा लगायतमा दाबी गरेको छ ।  माओवादी केन्द्रले घोराही, जितपुर सिमरा, हेटौँडा र धरान उपमहानगरपालिकामा दाबी गरेको छ ।

एकीकृत समाजवादीले तुलसीपुर, हेटौँडा र इटहरी तथा जसपाले नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै दाबी गरेको छ । गठबन्धनमा भएका पाँच दलमध्ये छ वटै महानगरपालिकामा कांग्रेसको मतभार धेरै छ । त्यहीकारण कांग्रेसका स्थानीय कार्यसमितिले अल्पमतको नेतृत्व स्वीकार्न नसकिने अडान लिएका छन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार