सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने मन्त्री झाँक्रीको भनाई

7.5k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन् ।

नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताएकी हुन् ।

आज सोमवार अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको २८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरू प्रदूषित हुँदा बाग्मती नदी पनि प्रदूषित बन्न पुगेको टिप्पणी गरेकी छन् ।

मन्त्री झाँक्रीले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास कार्यक्रममार्फत सम्बोधन गर्न सक्ने अवस्था भए पनि नदी किनारकै जग्गा पाउनुपर्ने उनीहरूको रटानका कारण थप समस्या सिर्जना भएको बताइन ।

अहिले विद्यमान कानुन र स्रोत साधनले बाग्मती सभ्यतालाई सफा र सुन्दर बनाउन सकिने बताउँदै उहाँले यसमा सबैको प्रतिबद्धताको आवश्यकता रहेकोमा जोड दिएकी छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार