ओलीले ठूलो स्वर निकाल्दैमा डराउनुपर्ने अवस्था नरहेको माधव नेपालको भनाई

8.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

  
काठमाडौँँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलो स्वर निकाल्दैमा डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।

समाजवादी प्रेस संगठन पर्वतले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले ओलीप्रति लक्षित गर्दै जसले गल्ती गर्छ उसैले ठूलो स्वर निकाल्ने गरेको टिप्पणी गरे।

‘नजिकिँदै गएको स्थानीय तहको निर्वाचनबारे बोल्दै उनले २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोही अनुसार सहमति हुने बताए।

एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउनेहरूको क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ।

 

ताजा अपडेट
सम्बन्धित समाचार