रुस र अमेरिका बीचको सम्बन्ध बिग्रँदा के फिर्ता भयो ?  

10.1k Shares

बीबीसी 

काठमाडौं ।  रुस र अमेरिकाबीचको सम्बन्ध बिग्रँदोले आफ्ना अमेरिकी राजदूतलाई फिर्ता बोलाएको छ ।

दुई देशबीच लगातार बिग्रँदै गएको लिएर परामर्श गर्नका लागि राजदूत फिर्ता बोलाएको छ । 

रुसी सरकारले अमेरिकाबाट रुसी राजदूत अनातोली एन्टोनोभलाई मस्को फिर्ता बोलाइएको जनाएको छ । अहिले अमेरिका र रुसबीचको सम्बन्ध निकै बिग्रिएको छ । 

खासमा अमेरिकी राष्ट्रपति जो बाइडेनले एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चुनावमा गर्नुभएको कथित हस्तक्षेपको ‘मूल्य चुकाउनु पर्ने’ बताउनुभएको थियो ।

एबीसी  न्युजलाई दिएको अन्तर्वार्तामा बाइडेनले रुसका राष्ट्रपति ‘एक हत्यारा’ भएको आफूले मान्ने गरेको बताउनुभएको थियो । 

गएको नोभेम्बरमा अमेरिका भएको राष्ट्रपति चुनावमा पुटिनले एक ‘हस्तक्षेप अभियानको माध्यमबाट चुनावमा हस्तक्षेप गर्ने कोसिस गरेको’ भन्ने अमेरिकी जासुसी संस्थाको रिपोर्टलाई उद्धृत गर्दै बाइडेनले यस्तो बताउनुभएको थियो । 

रुसले पूर्व रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा चुनावी नतिजा उल्टाउने कोसिस गरिरहेको रिपोर्टमा आरोप लगाइएको छ, रुसको त्यो प्रयासलाई डेमोक्रेटेट नेता बाइडेनको जितले विफल साबित गरेको पनि रिपोर्टमा उल्लेख छ । 

यी आरोपमाथि पुटिनका प्रवक्ता दिमित्री पेसकोभले आरोपको समर्थनमा प्रमाण नभएको र यस्ता आरोपले द्विपक्षीय सम्बन्धमा क्षति पुग्ने बताउनुभएको छ । 

आउँदो हप्तासम्म यस रिपोर्टको निष्कर्ष आउने आशा गरिएको छ र त्यसपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउन सक्ने जनाइएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार