स्थानीय निर्वाचनमा गठबन्धन हुने मन्त्री आलेको दाबी

7.2k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएका छन् ।  

मन्त्री आलेले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताएका हुन् । उनले भने , ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ, हामीलाई एक किलोको पाँच वटा ढक र आफूलाई एक क्विन्टल हौं भन्नेलाई आधाकिलोमा झार्ने छौं ।’ 

मन्त्री आलेले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने जिकिर गर्दै गठबन्धन दुईवटै पक्षलाई आवश्यक छ, यसैले गठबन्धन गरेर जाने बताएका छन् । 

 

ताजा अपडेट
सम्बन्धित समाचार