राप्रपा सदस्य कमल थापाका छोरा अभिषेकले छाडे पार्टी

6.4k Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अभिषेक थापाले राजीनामा दिएका छन्।

राप्रपा नेपालका अध्यक्ष कमल थापानिकट उनले पार्टीमा विचलन आएको भन्दै राजीनामा दिएका हुन्। एकता महाधिवेशनबाट निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन्। 

उनले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा राजनीतिक विचलन आएको पनि जिकिर गरेका छन्। एकता महाधिवेशन अघिसम्म उनी कमल थापा समूहमा थिए। 

कमल थापाले फागुन ७ मा राप्रपा नेपाल ब्यूँताएपछि राप्रपाका कयौँ नेता उनीसँगै लागेका छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार