नियुक्त भएको २४ घण्टा नबित्दै श्रीलंकाका अर्थमन्त्रीले दिए राजीनामा

6.6k Shares

काठमाडौँ । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले २४ घण्टा नबित्दै राजीनामा दिएका छन् ।

सोमबार एकै पटक २६ जना मन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षले ४ जना नयाँ मन्त्री नियुक्त गरेका थिए । यसअघि न्याय मन्त्रीको जिम्मेवारीमा रहेका साब्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

यसअघि आइतबार राष्ट्रपति गोटाभायाले आफ्नै भाइसमेत रहेका बासिल राजापाक्षलाई अर्थमन्त्रीबाट बर्खास्त गरेका थिए । आर्थिक संकटले श्रीलंकाली राजनीति तरंगित भइरहेका बेला सम्भावित राहत प्याकेजबारे छलफल गर्न बासिल अमेरिका जाने तयारीमा थिए । उनी अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफलका लागि जाने तयारीमा थिए ।

चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएपछि श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका थिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार