गठबन्धनको विरोध गर्ने नेपाली कांग्रेसका नेतालाई माधव नेपालले दिए यस्तो चेतावनी ?

14.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विरोध गर्ने नेपाली कांग्रेसका नेतालाई एक्लै चुनाव लडेर जित्न चेतावनी दिएका छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा कांग्रेसभित्र दुई धार देखिएको बताएका हुुन्। अध्यक्ष नेपालले भने, “स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने कुरामा कांग्रेसभित्र प्रष्टसँग दुई धार देखिएको छ,गठबन्धनको विपक्षमा रहेका कांग्रेसका सार्थीहरूलाई एक्लै चुनाव जितेर देखाउन म आग्रह गर्छु।”

चुनावमा राम्रो मान्छेले पनि हार्ने गरेको विगत रहेको उनले स्मरण गरे। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हराउन पाँच दलीय गठबन्धन तालमेल गरेर जान लागेको उनको भनाइ थियो। ओली देश, लोकतन्त्र र संविधानका निम्ति घाँडो भएको उनको टिप्पणी थियो।

 

ताजा अपडेट
सम्बन्धित समाचार