ओलीलाई विभिन्न कार्यक्रममा जान भ्याई नभ्याई, आज टोखा जाँदै

7.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले आज एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै छन् ।

टोखामा आयोजना हुन लागेको भेलालाई सम्बोधन गर्न ओली मध्यान्ह १२ बजे  कार्यक्रमस्थल पुग्ने छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष ओली विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाइ रहेका छन् ।

केही दिन अघि अध्यक्ष ओली कर्णालीका विभिन्न जिल्लाहरु पुगेका थिए । त्यस्तै शनिबार उनी खोटाङ पुगेका थिए । एमालेले देशव्यापी रुपमा पार्टी प्रवेश अभियानसमेत चलाइरहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार