प्रधानमन्त्री देउवा आज स्वदेश फर्कंदै

10.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कने भएका छन्।

आज बनारसका विश्वनाथलगायत मन्दिरमा प्रधानमन्त्री देउवाले पूजाआजा गर्ने कार्यक्रम पनि छ। प्रधानमन्त्री देउवा बनारसबाट नयाँदिल्ली पुगेर त्यहाँबाट अपरान्ह ४ बजे स्वदेश फर्कने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका थिए। शनिबार देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो।

प्रधानमन्त्री देउवाले सीमा विवादलगायतबारे कुरा उठाएका थिए। प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा जनकपुर(जयनगर रेल पनि उद्घाटन गरेका थिए भने विभिन्न सम्झौतासमेत यो भ्रमणका क्रममा भएका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार