आउँदो चुनावमा गठबन्धन आफै बढारिने शंकर पोखरेललेको भनाई

8.4k Shares

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनका लागि देशभर एमालेलाई बढार्ने भन्दै बनेको गठबन्धन आफै बढारिने बताएका छन् ।

चरिकोटमा शुक्रबार एमाले दोलखाको अगुवा कार्यकर्ता भेलालाई प्रशिक्षण दिँदै उनले गठबन्धनले एमालेलाई कुनै असर नगर्ने दाबी गरेका हुुन् । उनले भने,  ‘राम्रो काम गर्ने सरकारलाई हटाएका दिनबाटै उनीहरु हार्ने दिन सुरु भएको छ, यो समय नेकपा एमालेले जित्ने समय हो, हार्ने योजनामा उनीहरुका छन् ।’
 
उनले प्रतिनिधिसभा विघटन माधव नेपाल, प्रचण्डले भनेजस्तो अन्तर्संघर्षका कारण नभएको बताए । नेपाली कांग्रेसलाई नेता मानेर पछिसम्मै गठबन्धन गर्ने माधव, प्रचण्ड कम्युनिस्ट नभएको उनको आरोप थियो । 

उनले झन्डा हसियाँ हथौडाको भोट रुखमा भन्ने कम्युनिस्टहरु हुनै नसक्ने बताए । माधव र प्रचण्डले शेरबहादुरलाई गरेको सेवाका कारण कांग्रेसका कार्यकर्ताको दाँतमात्रै होइन, हड्डी पनि हाँसेको उनले तर्क गरे ।

ताजा अपडेट
सम्बन्धित समाचार