स्थिति र आवश्यकता हेरेर मात्रै तालमेल गर्ने हो : विश्वप्रकाश शर्मा

6.2k Shares
सम्बन्धित पार्टी

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय समितिले केन्द्रबाट गठबन्धन नथोपर्ने निर्णय गरेको बताएका छन्। 

बिहीबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले केन्द्रीय समितिको निर्णय बारे प्रष्टिकरण दिँदै तल्लो तहको भावना प्रतिकुल हुनेगरी निर्णय नगरेको बताएका हुुन्। उनले स्थानीय स्थिति र आवश्यकता हेरेर मात्रै तालमेल गर्ने गर्न सक्ने निर्णय भएकाले भावना प्रतिकुल हुने गरी तालमेल नहुने बताएका हुन्। 

‘केन्द्रबाट गठबन्धन नथोपर्ने कांग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय हो। त्यसैले निर्णयमा स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र तालमेल गर्न सक्ने उल्लेख छ । गर्न सक्ने भन्नूको अर्थ स्थानीय स्थिति अनुकुल गर्ने,भावना प्रतिकुल नगर्ने भन्नेपनि हो। हामी विलकुल प्रष्ट छौं, कांग्रेस केन्द्रले सर्वसम्मत गरेको संस्थागत निर्णय भन्दा दायाँबायाँ, तलमाथि केही नगर्न हामी प्रतिबद्ध छौं’ उनले ट्वीट गर्दै भनेका छन्, । 

277369325_997741240848469_1508956013950308589_n.jpg

उनले स्थानीय स्थिती र आवश्यकता भन्दा बाहिर गएर तालमे नहुने कुरामा पार्टी दृढ रहेको बताएका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार