बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, यस्ता छन् ऐजेण्डाहरु ?

6.6k Shares

 काठमाडौं । चुनावी गठबन्धका विषयमा छलफल गर्न  अहिले ११ बजेपछि सत्तागठबन्धनको बैठक सुरु भएको छ।   

बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सत्तागठबन्धनको  सुरु भएको हो।

बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। यस्तै आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ।

आगामी वैशाख ३० गतेका लागि ताय भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले मंगलबार आवश्यकताको आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेपछि पहिलो पटक बैठक सुरु भएको हो। 

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार