प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गर्ने  मन्त्रिपरिषद् बैठकको निर्णय

6.2k Shares

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ। 

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जान लागेका छन्।  भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी  नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।

सो अवसरमा आपसी सहयोग र समझदारीका विषयमा छलफल हुने बताइएको छ। साथै, बैठकले भ्रमणदलमा जाने टोलीको समेत अनुमोदन गरेको छ।   

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा रेल्वे सेवा उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार