मधेस प्रदेशसभाको बैठक दुई मिनेट बसेर स्थगित

7.1k Shares

काठमाडौं । मधेस प्रदेशसभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । 

बुधवार बसेको प्रदेश सभाको बैठकमा जम्मा १४ जना प्रदेश सभा सदस्य मात्र उपस्थित हुँदा गणपुरक संख्या नपुगेको भन्दै सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका हुन । 

बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले बैठकलाई स्थगित गर्न सभामुखसँग माग गरेका थिए । 

त्यस्तै, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले पनि गणपुरक संख्या नपुगेको र विभिन्न विधेयक उपर मन्त्रीहरुलाई जवाफ दिनुपर्ने भएको हुनाले बैठक स्थगित गर्न आग्रह गरेका थिए । 

मधेश प्रदेश सभाको गणपुरक संख्या २६ रहेकोमा मात्र १४ जनाको उपस्थिति र सदस्यहरुले स्थगित गर्न आग्रह गरेपछि आजको बैठक स्थगित गर्नु परेको सभामुख यादवले बताए । 

 

ताजा अपडेट
सम्बन्धित समाचार