आउँदो चुनावमा देशमा दुई वटा गठबन्धन बन्ने झलनाथ खनालको प्रक्षेपण

8.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आउँदो चुनावमा देशमा दुई वटा गठबन्धन बन्ने दाबी गरेका छन् । 

आज पार्टीले गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आउँदो चुनावमा दुई वटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुुन् । 

‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलीय गठबन्धनमा छौँ । अब अर्को पनि चार दलको गठबन्धन बन्छ कि , दुई वटा गठबन्धनको बीचमा नेपाली जनमत विभाजित हुने स्थिति छ’ उनले भने । 

नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै आउँदा दिनमा पनि एकताबद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताएका छन् । 

यस्तै नेता खनालले गैरआवासीय नेपाली र नेपाली जनताको बीचमा प्राकृतिक सम्बन्ध रहेको बताएका छन् । आउँदा दिनमा पनि त्यो सम्बन्धलाई गहिरो, आत्मीय र घनिष्ठ बनाउनुपर्नेमा खनालको जोड छ । 

ताजा अपडेट
सम्बन्धित समाचार