द्विविधामा नपर्नुस्, सबै दलहरुविरुद्ध एमाले एक्लै हो : ओली

10k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कुनै दुविधाबिना निर्वाचनमा होमिन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । 

आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालालाई सम्बोधन गर्दै ओलीले एमाले एक पार्टी र अरु सबै मिलाएर एक पार्टी भएकाले निर्धक्क भएर चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण कामहरू लिएर जनतामा जानसमेत आग्रह गरेका छन् ।

प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारेका थिए भने मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धतापत्रबारे व्याख्या गरे ।

 

ताजा अपडेट
सम्बन्धित समाचार