नेपालका लागि अमेरिकी राजदूतमा थम्प्सन सिफारिस

5.8k Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गरेका छन् ।

थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुन् । उनी हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहेका छन् । उनी सन् २०२० देखि सन् २०२१ सम्म कार्यबाहक सहायक सचिव थिए । 

थम्प्सन भारतको कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतको रुपमा सेवा गरिसकेका छन् । अंग्रेजीबाहेक उनी रोमानियाली र बंगाली भाषामा दख्खल राख्छन्  । 

दक्षिण एसियाका प्राय सबै देशको अनुभव समालेका थम्पसनलाई नेपालको लागि राजदूत नियुक्त गरिएसँगै अमेरिकाले नेपाललाई दिएको महत्वको रुपमा हेरिएको छ। बेरिको कार्यकाल गत वर्ष सकिएपनि कोभिड महामारीका कारण अमेरिकी विदेशमन्त्रालयले थप एक वर्ष थप गरी नेपालमै राखेको थियो। बेरी पनि नेपालबाट बढुवा भएर फर्किँदैछन्।

ताजा अपडेट
सम्बन्धित समाचार