भरतपुर महानगरपालिकाको मेयरमा माओवादीले दावी गर्छ : प्रचण्ड

8.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको दावी गरेका छन् । 

आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन तहका निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन हुने दाबी गरेका हुुन् ।  उनले आफ्नो दलको प्रभाव रहेकाले भरतपुरको मेयरमा माओवादीको दावी कायम रहेको पनि उल्लेख गरेका छन् ।  

उनले नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णयसँगै अब कुन पालिकामा कसलाई समर्थन गर्ने भन्नेबारे बैठक बसेर टुंगो लगाउने बताए  । महानगर र उपमहागरमा गठबन्धन दलहरुले छलफल गर्ने र सोही अुनसार टुंगो लगाउने प्रचण्डको भनाइ छ ।

गठबन्धनको भोलि बैठक बस्ने र यसबारे निर्णय हुने बताउँदै उनले चुनावतर्फ सबै राजनीतिक दल लागिसकेको जानकारी दिएका छन् । निर्वाचन हुने सुनिश्चत भएको र नेकपा माओवादी केन्द्र पनि यसको तयारीमा जुटिसकेको बताउँदै पार्टीकै निर्णय अनुसार गठबन्धन हुने बताएका छन् ।

उर्जामन्त्री पम्फा भुषाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्रचण्ड चितवन पुगेका हुुन् । 

आज राप्ती नगरपालिकामा हर्दी विद्युत सवस्टेशनको उद्घाटन गर्ने, भरतपुर महानगरमा नारायणी तटबन्ध र पश्चिमतर्फको रिङरोड खण्ड शिलान्यस गर्ने र भरतपुर २२ धनौजीमा कभर्डहल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार